Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चरम आर्थिक संकटमा अफगानिस्तान, अमेरिकी डलरमा प्रतिबन्ध

चरम आर्थिक संकटमा अफगानिस्तान, अमेरिकी डलरमा प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • १०:००:०३ बजे
  • 808
    SHARES
  • चरम आर्थिक संकटमा अफगानिस्तान, अमेरिकी डलरमा प्रतिबन्ध

    एजेन्सी । चरम आर्थिक संकट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो ।

    images

    तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी, पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार गर्न कडा निर्देशन दिएका छौ,’ तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले भनेका थिए ।

    अफगान बजारमा अहिले पनि अमेरिकी डलर प्रयोग हुन्छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानसँगको व्यापारमा पनि डलरको प्रयोग हुन्छ ।

    अफगानिस्तानको कूल खर्चमध्ये दुई तिहाई खर्च विदेशी अनुदानमा सञ्चालित छ । यसै वर्षको सुरुमा अन्तर्राष्ट्रिय मौद्रिक कोष (आइएमएफ) ले अफगानिस्तानको आफ्नो स्रोत साधनमा पहुँच नपुगेको जनाएको थियो । त्यस्तै, विश्व बैंकले देशमा सञ्चालित परियोजनाका लागि रकम रोक्का गरेको थियो ।

    गत महिना आइएमएफले देशको अर्थतन्त्र ३० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको थियो । गिरावटका कारण लाखौं मानिस गरिबीतर्फ धकेलिने र मानवीय संकट उत्पन्न हुने जनाएको थियो ।

    तालिवानले अगस्टमा राजधानी काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय दाता अफगानिस्तानमा आर्थिक सहयोग प्रदान गर्न हच्किएका छन् । आर्थिक संकटका कारण त्यहाँ भोकमरीको अवस्था आएको राष्ट्रसंघले बताएको छ । तालिवनले देशबाहिर रहेको ठूलो रकम ‘फ्रिज’ भएको गुनासो गर्दै आएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चरम आर्थिक संकटमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology