Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घाम नलाग्ने गाउँमा कृत्रिम सूर्य बनाइयो

घाम नलाग्ने गाउँमा कृत्रिम सूर्य बनाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • १०:०५:२९ बजे
  • 544
    SHARES
  • घाम नलाग्ने गाउँमा कृत्रिम सूर्य बनाइयो

    एजेन्सी । अहिले जाडोको मौसम सुरु भैसकेको छ । यतिबेला घामको न्यानो तापको छुट्टै आनन्द हुन्छ । प्राय सबैले सोच्ने गर्छन ‘घाम कहिल्यै नअस्ताए हुन्थ्यो ।’

    images

    विश्वमा यस्ता स्थानहरु पनि छन, जहाँ घाम उदाउँदैन । त्यस्तै एउटा ठाउँ इटालीमा छ । त्यो ठाउँमा नोभेम्बर देखि फेब्रुअरी तीन महिना सूर्यको प्रकाश देख्नै पाइँदैन ।

    लगातार तीन महिना घाम नलाग्ने इटलीको त्यो गाउँको नाम हो, भिगल्लेना । यो गाउँ चारैतिरबाट पहाडले घेरिएको छ । मिलानको उत्तरी क्षेत्रमा पर्ने यो भिगल्लेना गाउँ अग्ला अग्ला पहाडभन्दा १३० किलोमिटर गहिराइमा अवस्थित छ ।

    यो गाउँको जनसंख्या २०० मात्र छ । लगातार तीन महिना घाम नलागेका कारण स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दै एकजना ईन्जिनियरले एउटा उपाय अपनाए ।

    12.jpg

    सन १९९९ तिरको कुरा हो, भिगल्लेना गाउँका मेयर फ्रेन्को मिडालीले स्थानीय आर्किटेक्ट जियाकोमो बोन्जानीसंग गाउँमा सूर्यको किरण ल्याउने विषयमा छलफल गरे । त्यही छलफलले गाउँलेहरुलाई सूर्यको दर्शन गरायो ।

    ईन्जिनियर बोन्जानीले कृतिम सूर्य बनाउने निर्णय गरे । यो कामका लागि एक लाख युरो खर्च भयो । यसका लागि ४० बर्गकिलोमिटर आकारको सिसाको ऐना खरिद गरियो ।

    13.jpg

    जसलाई पहाडको टुप्पोमा जडान गरियो । कम्प्युटरबाट चलाउन सकिने त्यो ऐनालाई गाउँमा सूर्यको प्रकाश पार्न सक्नेगरी पहाडको टुप्पोमा जडान गरिएको थियो ।

    यो ऐनाले दैनिक ६ घण्टासम्म सूर्यको किरण परावर्तन गरी गाउँसम्म पुर्याउँछ । अहिले भिगल्लेनाबासीहरु सिसाको ऐनाबाट बनाइएको कृत्रिम सूर्यको किरणबाट आनन्द लिइरहेको टाइम्स नाओ न्युज डटकमले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कृत्रिम सूर्य बनाइयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology