Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको असर

कोरोनाको असर ७० प्रतिशत श्रमिकको रोजगारी गुम्यो

कोरोनाको असर ७० प्रतिशत श्रमिकको रोजगारी गुम्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • ०८:४९:५० बजे
  • 1.4K
    SHARES
  • कोरोनाको असर ७० प्रतिशत श्रमिकको रोजगारी गुम्यो
    कोरोनाको असर साना उद्योगमा बढी कोरोनाको असर साना उद्योगमा बढी लकडाउन अवधिमा नेपालका लघु घरेलुसहित ठूला उद्योग तथा व्यवसायमा कार्यरत एक चौथाइ श्रमिकले रोजगारी गुमाएको पाइएको छ । कोभिड–१९ संक्रमणका कारण आर्थिक क्रियाकलापमा आएको कमीसँगै निजी क्षेत्रमा कार्यरत २२ प्रतिशत श्रमिक तथा कर्मचारीले रोजगारी गुमाएका हुन् । रोजगारी गुमाएकामध्ये दुई तिहाइभन्दा बढी अर्थात ७०.६ प्रतिशत अस्थायी तथा करारका कामदार रहेका छन् ।

    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययनमा समग्र निजी क्षेत्रको श्रम बजारमा २२.५ प्रतिशत श्रमिक कर्मचारीले रोजगारी गुमाएको उल्लेछ छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै ४० प्रतिशत श्रमिक कटौती गरेको देखिएको छ । जसमा ५८.२ प्रतिशत अस्थायी कामदार रहेका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत श्रमिक कटौती गरेको पाइएको छ । घरेलु साना तथा लघु उद्यमीले लकडाउन अवधिमा राष्ट्रिय औसतभन्दा धेरै कर्मचारी कटौती बाध्य भएका छन । यो अवधिमा सबैभन्दा धेरै कर्मचारी कटौती गर्नेमा घरेलु उद्योग ३०.५ प्रतिशत र सबैभन्दा कम कर्मचारी कटौती गर्नेमा ठूला उद्योग १४ प्रतिशत रहेको देखिन्छ । कटौती भएकामध्ये अस्थायी श्रमिक धेरै कटौती गर्नेमा लघु उद्यम तथा साना खुद्रा व्यापार र स्थायी कर्मचारी (कामदार) धेरै कटौती गर्नेमा ठूला उद्योग व्यवसाय अग्रस्थानमा रहेका छन् ।

    लकडाउन अवधिमा उद्योग(व्यवसायहरूले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ३६.४ प्रतिशत तलब कटौती भएको देखिएको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ । (कारोबार)

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology