Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • २१:१२:४२ बजे
  • 988
    SHARES
  • पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा

    पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् । उनले विहिवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् ।

    images

    राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।

    देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन् ।

    सोसियलिष्ट पार्टी (पिएस)को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो ।

    पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन् ।

    संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए । वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology