Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाधिवेशन तोकिएकै समयमा हुन्छ: देउवा

महाधिवेशन तोकिएकै समयमा हुन्छ: देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • २१:१७:२३ बजे
  • 808
    SHARES
  • महाधिवेशन तोकिएकै समयमा हुन्छ: देउवा

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

    images

    नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले शुक्रबार तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।

    उनले पार्टीको महाधिवेशन समयमै हुनेमा शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वास्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टीभित्र दुश्मनी बढाउनु नहुने बताए ।

    “अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वास्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् ।

    त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ,” उनले भने,“जित हारमा दुश्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भने पनि कुरा नपत्याउनुस् ।

    अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन ।

    अधिवेशनको तयारीमा लाग्नुहोला ।” देउवाले आफूले मात्रै चाहेर महाधिवेशन नरोकिने बताए । महाधिवेशनका गर्ने निकायहरु प्रतिबद्ध भएर समयमै अधिवेशन गर्न लागिरहेको पनि उनले बताए ।

    सभापति देउवाले १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म कुनै हालतमा गर्नेगरी निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology