Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनप्रगतिशिल मञ्च ओमानले शुभ दिपावली- तिहार , छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

जनप्रगतिशिल मञ्च ओमानले शुभ दिपावली- तिहार , छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • ००:०१:०० बजे
  • 1.6K
    SHARES
  • जनप्रगतिशिल मञ्च ओमानले शुभ दिपावली- तिहार , छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

    जनप्रगतिशिल मञ्च ओमानले नेपाल संवत ११४२ तथा शुभ दिपावली-तिहार , छठ पर्वको अवसरमा आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम ओमानको रुसेल गार्डनमा आज सम्पन्न भएको छ ।

    images

    j2.jpg

    संस्थाको अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षता संचालन भएको कार्यक्रम महासचिव पुर्ण विश्वकर्मा पहाडीले संचालन गर्नु भएको थियो । कार्यक्रममा अग्रज तोलाकान्त भट्टराईले दिपावाली तिहारको विशेष शुभकामना व्यक्त गर्नु भएको थियो ।

    j4.jpg

    त्यस्तै ओमानमा कम्पनी स्थापना गरेर गुरुप अफ कम्पनीका डाइरेक्टर मुन्ना बाबू परियारले पनि दिपावाली तिहारको सबै ओमान रहेका नेपाली लगायत सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै, सु-स्वाथको कामना गर्नु भयो ।

    कोरोना महामारीको कारण करिब दुईवर्ष देखि  संगठनको भौतिक उपस्तिथि नभएको अवस्थामा पनि  (दिपावली) तिहारको पावन अबसरमा नेकपा (माओवादी केन्द्र) प्रवास संगठन "नेपाली जनप्रगतिशिल मञ्च ओमनको (दिपावली) तिहार विशेष दाजुभाई तथा दिदिबहिनी भेटघाट कार्यक्रम,२०७८ भब्य तथा सान्दाररुपले सप्पन्न भएको छ ।

    j5.jpg

    सोहार लगायत ओमानको विभिन्न स्थानबाट संगठनका सदस्यहरुको उपस्थितमा रहेको थिए । उपस्थिति सबै सदस्यहरुलाई नेपाली जनप्रगतिशिल मञ्च ओमन लेखिएको टिसर्ट वितरण गरिएको थियो ।

    त्यस्तै अन्तिममा अध्यक्ष उमेश विश्वकर्माले उपस्थिति सबैलाई आगामी दिनमा पनि संगठनको कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै, धन्यवाद व्यक्त गर्नु भयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology