Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वका महत्वपूर्ण घटना: के के भएका थिए आज ?

विश्वका महत्वपूर्ण घटना: के के भएका थिए आज ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • ०९:१०:२६ बजे
  • 631
    SHARES
  • विश्वका महत्वपूर्ण घटना: के के भएका थिए आज ?

    आज ६ नोभेम्वर । आजको दिन विश्वमा के कस्ता घटनाहरु भएका थिए ? यस्ता छन केही महत्वपूर्ण विश्व घटना ।

    images

    कोलम्बियाको अदालतमा नरसंहार
    सन् १९८५ मा कोलम्बियामा अप्रिल आन्दोलनका लडाकुले त्यहाँको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र सरकारी फौजबीचको दोहोरो गोली हानाहानमा सर्वोच्चका ११ न्यायाधीशसहित १०० जनाको मृत्यु भएको थियो ।

    रंगभेदविरुद्ध संकल्प प्रस्ताव
    सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघले सदस्य राष्ट्रहरुलाई अफ्रिकामा जारी रंगभेदविरुद्ध कडा रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिएको थियो ।

    अब्राहम लिंकन अमेरिकाका १६ औ राष्ट्रपति
    आजकै दिन अर्थात ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली विस्तारै अन्त्य भएको थियो । लिंकन अमेरिकाका १६औं राष्ट्रपति हुन् ।

    अस्ट्रेलियामा जनमत संग्रह
    सन् १९९९ मा अस्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह सम्पन्न भएको थियो । राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जाने विषयलाई अस्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology