Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • ०९:११:४७ बजे
  • 349
    SHARES
  • तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

    राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृति गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

    images

    नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरेकी हुन् ।

    उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

    “झिलिमिली बत्तीको उज्यालेले औँसीको कालो अध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो,” राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,“दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस भन्ने कामना गर्दछु ।”

    तिहारमा मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # तिहार पर्व
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology