Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यथास्थितिमा एमसीसी संसद्‍बाट पारित गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

यथास्थितिमा एमसीसी संसद्‍बाट पारित गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १५:१४:४८ बजे
  • 1.6K
    SHARES
  • यथास्थितिमा एमसीसी संसद्‍बाट पारित गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

    नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय हितविपरीत हुने प्रावधानहरु नसच्याएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्न नसकिने बताएका छन् ।

    images

    उनले आफ्नो पार्टीको आधिकारिक धारणसमेत भएको भन्दै सामाजिक सञ्जालमार्फत् यथास्थितिमा एमसीसी स्वीकार गर्न नसकिने र संसद्‍बाट पारित गर्न नसकिने बताएका हुन् ।

    श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,“नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हितविपरीतका प्रवधानहरु नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्‍बाट पारित गर्न सकिन्न ।

    यो नै हाम्रो पार्टी नेकपा (माओबादी केन्द्र) को आधिकारिक निर्णय र धारणा हो। त्यसैले कुनै भ्रममा नपरौँ ।”

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology