Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलिउड अभिनेता सलमान खान एक्लोपनबाट पीडित रहेको खुलासा !

बलिउड अभिनेता सलमान खान एक्लोपनबाट पीडित रहेको खुलासा !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १९:४२:३९ बजे
  • 991
    SHARES
  • बलिउड अभिनेता सलमान खान एक्लोपनबाट पीडित रहेको खुलासा !

    बलिउड अभिनेता तथा निर्देशक महेश माञ्जरेकरले अभिनेता सलमान खान बाहिर जति खुसी देखिन्छन्, भित्र भने एक्लोपनबाट पीडित रहेको खुलासा गरेका छन् । पछिल्लो समय ‘अन्तिम’ फिल्ममा सलमानलाई निर्देशन गरेका माञ्जरेकरले हालैको एउटा अन्तर्वार्तामा धेरै कुरा खोलेका छन् ।

    images

    सलमानसँग माञ्जरेकरको लामो समयदेखि संगत छ । सलमान माञ्जरेकरलाई दाइजस्तो व्यवहार गर्छन् । माञ्जरेकरले सुटिङका क्रममा सलमानसम्बन्धी अनुभूत गरेका विविध कुराहरू दर्शकमाझ ल्याएका हुन् । ‘सलमान बाहिर जति खुशी देखिन्छन्, भित्र भने उनी एक्लो छन,’ माञ्जरेकरले भनेका छन्, ‘एक्लै बस्दा उनी कताकता हराइरहेका हुन्छन् । उनलाई एक्लोपनले खाइरहेको छ ।

    त्यसैले उनले अब बिहे गर्नैपर्छ ।’ माञ्जरेकरले सलमानको लाइफस्टाइलकाबारेमा पनि केही कुरा खोलेका छन् । ‘यत्रो ठूलो स्टार भएर पनि सलमान सामान्य जीवनशैली जिइरहेका छन्,’ माञ्जरेकर भन्छन्, ‘उनी अहिले पनि सिंगल बेडरुम भएको फ्ल्याटमा बस्छन् ।’ उनले सलमान घरमा प्राय ड्रोइङ रुमको सोफामा बसिरहने गरेकोसमेत बताएका छन् ।

    ‘जब म सलमानको घर जान्छु, उनी अधिकांश समय सोफामा बसिरहेका हुन्छन् । उनी एसी बन्द गरेर बसेका हुन्छन् । मलाई गर्मी हुन्छ । कति पटक त म आफैँले एसी चलाएको छु’, उनले भनेका छन्, ‘सलमान यति धेरै सफल छन् । तर, यो सफल मान्छेको पछाडि एकदमै मध्यम वर्गीय मान्छे छ ।

    यो चाहिँ मलाई अचम्म लाग्छ ।’ सलमानले सुखदुःख साट्ने जीवनसाथी चुन्नै पर्ने बेला भइसकेको माञ्जरेकरको मुल्यांकन छ । ‘घरमा सलमानसँग आमाबाबु, भाइहरू अरवाज, सोहेल, भतिजाहरू जान्छन् । गफ गर्छन् । उनीहरूको आफ्नै दुनियाँ छ । तर, सलमान कहाँ जाउँन्  त्यसैले उनले बिहे गरिहाल्नुपर्छ’, माञ्जरेकरको बुझाइ छ ।

    उनले बिहेकाबारेमा आफूले धेरैपटक कुरा गरेकोसमेत बताएका छन् । ‘मैले सलमान अब तिमी बिहे गर, म तिम्रो बच्चा हेर्न चाहन्छु, भन्छु । तर, ऊ मेरो कुरालाई गम्भीर रूपमा लिँदैन । केके भनेर कुरा टालिहाल्छ’, उनी भन्छन्, ‘सलमानसँग म जस्तो पनि कुरा गर्न सक्छु, जो अरु कसैले गर्न सक्दैनन् । तर, बिहेको कुरामा भने ऊ कहिल्यै सिरियस भएन ।

    उसले बिहे नै गर्दैन कि भनेर मलाई चिन्ता लाग्छ ।’ बिहेको प्रसङ्ग आउँदा अनेक कुरा गरेर टार्ने गरेको भए पनि एक समय भने सलमान बिहेको मुडमा पुगेका थिए । उनी र तत्कालीन मोडल संगीत बिजलानीबीच सन् १९८६ देखि अफेयर चलेको थियो । करिब दश वर्ष उनीहरू सम्बन्धमा रहे ।

    त्यतिबेला सलमान र संगीताबीच बिहे हुन लागेको, निम्तो कार्डसमेत छापिएको खबर आएको थियो । तर, कुनै कारणवस उनीहरूबीच बिहे हुन सकेन । त्यसपछि सलमानको नाम थुप्रै हिरोइनहरूसँग जोडियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology