Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्ती पारेर कास्कीमा ५० थान प्रेस ज्याकेट प्रदान

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्ती पारेर कास्कीमा ५० थान प्रेस ज्याकेट प्रदान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७७ बिहिवार • १३:०२:३८ बजे
  • 1.5K
    SHARES
  • पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्ती पारेर कास्कीमा ५० थान प्रेस ज्याकेट प्रदान
    पोखरा - नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्ती पारेर जीपी कोइराला फाउण्डेसन क्षेत्र २, कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् ।

    प्रमुख अतिथि संविधानसभा सदस्य शारदा पौडेल र फाउण्डेसन संयोजक वसन्त चालिसेले प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देललाई ज्याकेट हस्तान्तरण गरेका थिए । पत्रकारको पहिचानका लागि र पत्रकारलाई प्रोत्साहन गर्न ज्याकेट प्रदान गरेको चालिसेको भनाइ छ ।

    सहयोग प्राप्त ती ज्याकेट कार्यक्रमबीच २७ जना पत्रकारलाई वितरण गरिएको युनियन अध्यक्ष सिग्देलले बताए । कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेलले लोकतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । फाउण्डेसन गण्डकी संयोजक समेत रहेकी पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

    नेपाल प्रेस युनियन कास्की अध्यक्ष एवं कास्की काँग्रेस प्रवक्ता नवीन सिग्देलले पत्रकार र पत्रकारिता क्षेत्रको संरक्षणमा सरकारको विशेष योजना आवश्यक रहेको औल्याए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology