Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सियरा लियोनमा इन्धन ट्यांकर दुर्घटना, ९८ जनाको मृत्यु

सियरा लियोनमा इन्धन ट्यांकर दुर्घटना, ९८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:४४:०३ बजे
  • 787
    SHARES
  • सियरा लियोनमा इन्धन ट्यांकर दुर्घटना, ९८ जनाको मृत्यु

    एजेन्सी । सियरा लियोनको राजधानी फ्रीटाउनमा एक इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएर भएको बिस्फोटमा कम्तीमा ९८ जनाको मृत्यु भएको छ। बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् ।

    images

    लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो। ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् ।

    फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा ९२ जनाको उपचार भइरहेको बिबिसीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology