Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इराकको प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

इराकको प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १०:४५:०९ बजे
  • 709
    SHARES
  • इराकको प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

    एजेन्सी । इराकको प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण भएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आज बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला भएको हो ।

    images

    आज बिहान भएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गर्दै आक्रमण भएको बताइएको छ । प्रधानमन्त्रीको ज्यान लिने उदेश्यले नै आक्रमण भए पनि प्रधानमन्त्री कादीमी सुरक्षित रहेका छन् ।

    आक्रमणमा इराकी सेनाको हात रहेको अन्तर्राष्ट्रिय समाचारहरुले बताएका छन ।

    यद्यपि घटनाको जिम्मेवारी कसैले लिएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology