Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाधिवेशनमा निम्तो दिए पनि जाँदैनौं,केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो : एकीकृत समाजवादी महासचिव

महाधिवेशनमा निम्तो दिए पनि जाँदैनौं,केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो : एकीकृत समाजवादी महासचिव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १०:५८:०७ बजे
  • 1.4K
    SHARES
  • महाधिवेशनमा निम्तो दिए पनि जाँदैनौं,केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो : एकीकृत समाजवादी महासचिव

    नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने बताएका छन् । “एमालेको महाधिवेशन भनेको केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो । विचारको बहस र नेतृत्व निर्माणबारे त्यहाँ कुनै छलफल हुँदैन ।

    images

    त्यस्तो पार्टीले निम्ता गरे पनि हामी जाँदैनौं । त्यसको राजनीतिक विचार र व्यवहारसँग हामी सहमत छैनौं । त्यहाँ राजनीति नै छैन, व्यक्तिगत स्वार्थमात्र छ ।” नेकपा (एकीकृत समाजवादी) संगठन निर्माणमा केन्द्रित भइरहेको जनाउँदै उनले अहिले जिल्ला भेला र पालिका तहको कमिटी बनिरहेको बताए ।

    उनले भने, “केपी ओलीले के भन्छन्, हामीलाई मतलबको कुरा होइन । उनले एकीकृत समाजवादी अब शून्य भयो भन्छन् भने हामी पनि एमाले सकियो, त्यसको भविष्य छैन भन्न सक्दैनौं र ? चुनाव भनेकै एकअर्कालाई हराउने हो ।” आगामी चुनावमा गठबन्धनलाई निरन्तरता दिएर जाने सम्भावना प्रबल रहेको पनि उनले बताए ।

    सत्ता गठबन्धनमा एमसीसीबारे छलफल नभएकाले यो पारित हुने कि नहुने यसै भन्न नसकिने उनले दाबी गरे । उनले थपे, “सत्ता गठबन्धनमा एमसीसीबारे छलफल भएको छैन ।

    पास गर्ने कि नगर्ने दुवै निर्णय हुन सक्छ । मुख्य कुरा एमसीसी पास गर्ने थलो संसद् हो । अहिले संसद् नै चलेको छैन । प्रधानमन्त्रीले भन्दैमा हुने भए त उहिल्यै भइसक्थ्यो ।

    प्रधानमन्त्रीले एमसीसीलाई तपाईंहरु नआत्तिनुस् भनेको सुनेको छु । यस्तो त केपी ओलीले कतिचोटि भन्नुभएको थियो ? केपी ओलीसँग बहुमत थिएन र ?”

    आफ्नो पार्टीको सचिवालय बैठकले न्यायपालिका विवादबारे गठबन्धनमा छलफल गरेर उपयुक्त निकास दिने भनिसकेको उनले बताए । तर उपयुक्त निकास भनेको के हो भन्नेबारे बोल्न इन्कार गरे । उनले भने, “तिहार सकियो ।

    अब गठबन्धनमा छलफल हुन्छ र साझा निष्कर्ष आउँछ ।” साथै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउनेबारे पार्टीले नसोचेको पनि जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology