एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् ।
उनी विश्वको १३ चर्चित नेताहरुलाई उछिन्दै फेरि विश्वको सर्वाधिक लोकप्रिय नेता बनेका हुन् ।
अमेरिकी डेट इन्टिलेजेन्स फर्म द मर्निङ कन्सल्टको पछिल्लो सर्वेक्षणमा मोदीले अप्रुभल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित संसारका १३ चर्चित नेताहरुलाई पछि पारेका छन् ।
मोदी २०२० मा पनि विश्वकै चर्चित नेताको रुपमा रहेका थिए ।
मोदीले मेक्सिकन राष्ट्रपति आन्दे्र म्यानुएनल लोपेज ओब्राडोर, इटालीका प्रधानमन्त्री मारियो दाघ्री, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई लोकप्रियताको ग्राफमा पछि पारेका छन् ।