Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अनाथ बालकहरुसँग सामुहिक भाइटीका लगाउदै काङ्ग्रेस नेतृ अमात्य

अनाथ बालकहरुसँग सामुहिक भाइटीका लगाउदै काङ्ग्रेस नेतृ अमात्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १२:२३:३३ बजे
  • 787
    SHARES
  • अनाथ बालकहरुसँग सामुहिक भाइटीका लगाउदै काङ्ग्रेस नेतृ अमात्य

    नुवाकोट । नेपाली कांग्रेसकी महिला नेतृ ,समाजसेवीका तथा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले अनाथ बालकहरुसँग सामुहिक भाइटिका लगाएर भाइ तिहार मनाएकी छिन्।

    images

    हिजो शनिबार भाइटीका दिन नुवाकोटको विदुर-२मा रहेको आमाको माया छात्रवास पुगेर अनाथ बालकहरुसँग भाइटिका लगाएकी हुन् । भाइ टीका दिन छात्रवासमा बसोबास गरिरहेको बालकहरु लाई आफ्नो दिदीबहिनी रहेको अनुभुती दिनको लागि सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेतृ अमात्यले जानकारी दिनुभयो।

    चाडपर्व कोहि कसैलाई आफन्तको कमी महसुस नहोस भनेर आश्रममा नै पुगेर सामुहिक भाइटिका लगाएको अमात्यले भनुभयो।

    अमात्यले परिवारविहिन भएका बालकहरुलाई पारिवाकि मायाको साथै धर्म र संस्कृतिको विषयमा जानकारी दिन समेत सामुहिक भाइटिका आयोजना गरिएको कार्यक्रममा अमात्यकी परिवारका दाजुभाइ तथा दिदि बहिनीहरु समेत सहभागी भएका थिए 

    उनले कोरोना महामारीको समयमा जिल्लाको त्रिशुली अस्पताल लगायत विभिन्न स्वास्थ संस्थालाई स्वास्थ्य सामग्री तथा जिल्लाको विभिन्न स्थानका जनतालाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी थिईन।

    A1.jpg उनी गत स्थानीय चुनावमा विदुर नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट उप मेयरकि उम्मेदवार रहेकी थिईन।

  • सम्बन्धित विषय:

  • # काङ्ग्रेस नेतृ अमात्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology