Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजश्व हिनामिना गरेको भन्दै तत्काल छानबिन माग गर्दै महानगरलाई काँग्रेस कास्कीको ज्ञापनपत्र

राजश्व हिनामिना गरेको भन्दै तत्काल छानबिन माग गर्दै महानगरलाई काँग्रेस कास्कीको ज्ञापनपत्र

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७७ बिहिवार • १३:१५:२१ बजे
  • 907
    SHARES
  • राजश्व हिनामिना गरेको भन्दै तत्काल छानबिन माग गर्दै महानगरलाई काँग्रेस कास्कीको ज्ञापनपत्र
    नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेको भन्दै  तत्काल छानबिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा बुधबार कार्यालय गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

    कास्की काँग्रेसले पोखरा २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनीय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की काँग्रेसले दिएको छ ।त्यस्तै, कोरोना महामारी बेलामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

    लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा गर्दै तत्काल राहत विवरण सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथितिबारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology