Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाबुरामले दिए ओलीलाई चुनौतीः मानुषी बेलायत गएको प्रमाणित गर्नोस्

बाबुरामले दिए ओलीलाई चुनौतीः मानुषी बेलायत गएको प्रमाणित गर्नोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १७:३६:४१ बजे
  • 901
    SHARES
  • बाबुरामले दिए ओलीलाई चुनौतीः मानुषी बेलायत गएको प्रमाणित गर्नोस्

    जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

    images

    उनले ७ वर्षको उमेरमा जनयुद्धपूर्व मात्र मानुषी आमा हिसिला यमीसँग बेलायत गएको बताउँदै यस्तो चुनौती दिएका हुन् ।

    ‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन,’ भट्टराईले ओलीको आजको अभिव्यक्तिलगत्तै ट्वीटरमा लेखेका छन्,‘हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्। त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology