Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जबराको राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी

जबराको राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • ०८:२७:०० बजे
  • 478
    SHARES
  • जबराको राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    images

    सोमबार बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घन्टा कालोपट्टीसहितको आन्दोलन तय भएको भन्दै बारले काठमाडौँ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ ।

    बारले गएको बुधबारसम्म दिइएको अल्टिमेटममा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो । बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालतमा केन्द्रित आन्दोलन गरेको थियो ।

    आन्दोलनको भावी रणनीतिका लागि बारले आइतबार देशभरिका एकाइका अध्यक्ष, सचिवहरुसँग भर्चुअल छलफल गरेको थियो । परामर्श भइरहेको र सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारले जनाएको छ ।

    सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् ।

    उनीहरुको समर्थनमा बारले पनि संघर्ष गरिरहेको छ । केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरुलाई इजलासमा फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology