Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • ०८:३०:१६ बजे
  • 916
    SHARES
  • मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

    images

    नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो । उहाँ यही कात्तिक ११ गते पाँच दलिय संयुक्त गठबन्धनका तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुनहुन्छ । उहाँले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव यसअघि नै प्रदेश सचिवालयमा दर्ता भइसकेको छ ।

    मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनका लागि कम्तिमा ५५ सांसदको समर्थन चाहिन्छ । हाल बाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् ।

    पाण्डेलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन रहेको हुँदा उहाँले विश्वासको मत पाउने सम्भावना छ ।

    किनकी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जनाले मुख्यमन्त्री पाण्डेलाई मत दिनेछन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology