Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचन आयोगले मंसिरको पहिलो साताबाट मतदाता नामावली संकलन शुरु गर्ने

निर्वाचन आयोगले मंसिरको पहिलो साताबाट मतदाता नामावली संकलन शुरु गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • ०८:४०:३० बजे
  • 1.3K
    SHARES
  • निर्वाचन आयोगले मंसिरको पहिलो साताबाट मतदाता नामावली संकलन शुरु गर्ने

    आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो ।

    images

    नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

    जसका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ ।

    ‘मंसिर पहिलो साताबाटै हामी मुलुकभरका स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिरहेका छौँ ।

    हामीले प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरेका छौँ,’ – निर्वाचन आयोगले भन्यो । नेपालमा ७ सय ५३ स्थानीय छन् ।

    आयोगका अनुसार अर्थमन्त्रालयले बजेटमा सहमति जनाउने बित्तिकैबाट प्राविधिक खटाइने भएको छ । प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ ।

    निर्वाचनको मिति घोषणापछि गरिएको मतदाता नामावलीलाई कानुनले मान्यता दिने छैन् । सरकारले आगामी चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology