Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला

खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • ११:११:३४ बजे
  • 526
    SHARES
  • खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला

    एजेन्सी । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ ।

    images

    पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो ।

    त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् ।

    प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो ।

    नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ । अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका सीमा खुला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology