Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले आज गरेको विराटनगरको कार्यक्रम एकीकृत समाजवादी द्वारा बहिष्कार

एमालेले आज गरेको विराटनगरको कार्यक्रम एकीकृत समाजवादी द्वारा बहिष्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • १५:४५:०८ बजे
  • 1.5K
    SHARES
  • एमालेले आज गरेको विराटनगरको कार्यक्रम एकीकृत समाजवादी द्वारा बहिष्कार

    नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले आज गरेको विराटनगरको कार्यक्रम एकीकृत समाजवादीले बहिष्कार गरेका छन् ।

    images

    केपी ओली प्रमुख अतिथि रहेर गरिएको बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना र चियापान कार्यक्रमलाई बहिष्कार गरेका हुन् ।

    उक्त कार्यक्रममा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई पनि निम्तो दिएको छ । तर, समाजवादीले भने बहिष्कार गरेका छन् ।

    समाजवादीले यसभन्दा अगाडि आफूले गरेको कार्यक्रममा एमाले नआएपछि समाजवादीले एमालेको कार्यक्रम बहिष्कार गरेको समाजवादीले जनाएको छ ।

    समाजवादीले भनेको छ, ‘कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि निमन्त्रणा गरिएको तर, नआएका कारण आफू पनि एमालेको कार्यक्रममा जाँदैनौँ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology