Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै

पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७८ सोमवार • १६:४२:५७ बजे
  • 1.3K
    SHARES
  • पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै

    पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए । .

    images

    उनका अनुसार बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ । पाँच दलीय गठबन्धनमा रहेका चार दल सरकारमा छन् ।

    गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।

    स्रोतका अनुसार सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुन सक्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्नुपर्ने बताउदै आएका छन् ।

    यसमा समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत छन् । सोमबार बिहान सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच छलफल समेत भएको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology