Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साढे चार करोड मानिस खडेरीको जोखिममा : डब्ल्युएफपी

साढे चार करोड मानिस खडेरीको जोखिममा : डब्ल्युएफपी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ०८:२४:११ बजे
  • 1.0K
    SHARES
  • साढे चार करोड मानिस खडेरीको जोखिममा : डब्ल्युएफपी

    एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको जनाएको छ । ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले जनाएको हो ।

    images

    बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सिर्जना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३० लाख बढेको छ ।

    खडेरी र त्यसको सबैभन्दा बढी प्रभाव अफगानिस्तानमा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । ‘खडेरीपछिको भोकमरीले दशौँ लाख मानिस दुःखी छन् । द्वन्द्व, जलवायु परिवर्तन र कोभिड–१९ को चपेटका कारण विश्वको ठूलो जनसंख्या भोकमरीको चपेटामा परेको छ’, डब्ल्युडब्ल्युपीका निर्देशक डेभिड बिस्लेले भने ।

    साढे चार करोडभन्दा बढी मानिस भोकमरीतर्फ उन्मुख भएको उनको भनाइ छ । भोकमरीका कारण अफगानिस्तानको अवस्था भयावह देखिएको उनले बताए । डब्ल्युएफपीले अफगानिस्तानका २३ लाख मानिसहरुलाई खाद्य सहयोग प्रदान गरेको छ ।

    ‘खाद्यन्न र इन्धनको मूल्य बढेको बढ्यै छ, कृषि उत्पादनमा प्रयोग हुने मलको मुल्य बृद्धि भएको छ । यसले अफगानिस्तान, यमन र सिरियाजस्ता देशमा ठूलो असर गरेको छ,’ उनले भने ।

    विश्वव्यापी रुपमा देखिएको खडेरीका कारण विश्वले ७ अर्ब डलर मुल्य चुकाउनु पर्ने उनले बताए । खडेरीका कारण खाद्य असुरक्षा बढ्दा बाल विवाह र बालबालिकालाई विद्यालयबाट पढ्न छुटाउनेजस्ता विकृति देखिएको उनले बताए ।

    पछिल्ला वर्ष इथोपिया, हेइटी, सोमालिया, एंगोला, केन्या र बुरुन्डीमा भोकमरी बढेको डब्ल्युएफपीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खडेरीको जोखिममा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology