Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ०८:२५:५९ बजे
  • 493
    SHARES
  • निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

    नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौँ मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको हत्याको विषयमा प्रहरीले अनुसन्धान नगरेको भन्दै अधिकारकर्मी रुबी खानको नेतृत्वमा पैदलै हिँडेर काठमाडौँ पुगेको थियो ।

    निर्मलाको अपहरण गरी सम्पत्ति हडपेर हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ६ जनामाथि सात दिनको म्याद थप गरिएको उनले बताए ।

    सोही प्रकरणमा आरोपित कुँवर बब्बन सिंह ८० वर्षे भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । सो घटनामा मुछिएका अभियुक्तमध्ये संविधानसभा सदस्य बादशाह कुर्मी आफैँ गत भदौमा जिल्ला प्रहरी कार्यालयमा आएकोले उनलाई हाजिरी जमानतमा छाडिएको थियो ।

    उनी नेपाली कांग्रेसका नेतासमेत हुन् । बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

    बाँकेकी कुर्मी र धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो । परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

  • सम्बन्धित विषय:

  • # निर्मला कुर्मी प्रकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology