Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय

पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ०८:२७:२३ बजे
  • 1.5K
    SHARES
  • पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय

    पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    images

    बैठकमा सहभागी नेताकाअनुसार सरकार रहुञ्जेल गठबन्धनलाई निरन्तरता दिने नेताहरुबीच सहमति भएको हो । बैठकले सरकार सञ्चालनमा सहयोग गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ ।

    सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । संयन्त्रमा गठबन्धनमा रहेका ५ वटा पार्टीबाट २–२ जना सदस्य रहनेछन् ।

    मन्त्रिपरिषदबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलका सदस्य रहनेछन् । संयन्त्रको पदेन सदस्य नरहेपनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताए ।

    पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् ।

    राजनीतिक संयन्त्रमा नेपाली कांग्रेसको तर्फबाट पौडेल र कृष्णप्रसाद सिटौला, माओवादीबाट पुष्पकमल दाहाल‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनेछन् ।

    संयन्त्रलाई सरकारका कामकारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तरविरोध भए निवारण गर्ने, राष्ट्रियसभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology