Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चैतसम्म सदस्यता लिएका मात्रै एमाले महाधिवेशन प्रतिनिधि हुने

चैतसम्म सदस्यता लिएका मात्रै एमाले महाधिवेशन प्रतिनिधि हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ०८:३०:०७ बजे
  • 571
    SHARES
  • चैतसम्म सदस्यता लिएका मात्रै एमाले महाधिवेशन प्रतिनिधि हुने

    नेकपा (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्यमात्र सहभागी हुने भएका छन् ।

    images

    पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगगित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।

    ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउने छन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा ७ लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए ।

    अहिले ९ लाख संगठित सदस्य पुगेको उनको भनाइ रहेको छ । महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत १ हजार २०० पार्टी सदस्यमाबाट कम्तिमा एक महिलासहित ३ जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक/एक जना प्रतिनिधि निर्वाचित गर्ने छ ।

    जनवर्गीय संगठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन् । एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ ।

    एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology