Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ११:३२:५२ बजे
  • 1.4K
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

    नेकपा (माओवादी केन्द्र)का स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    images

    सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    यस्तै, बैठकले सरकार सञ्चालनमा सहयोग गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ ।

    संयन्त्रमा गठबन्धनमा रहेका ५ वटा पार्टीबाट २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषदबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलका सदस्य रहनेछन् ।

    राजनीतिक संयन्त्रमा नेपाली कांग्रेसको तर्फबाट पौडेल र कृष्णप्रसाद सिटौला, माओवादीबाट पुष्पकमल दाहाल‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनेछन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology