Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध हो, निर्णय अमान्य : भीम रावल

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध हो, निर्णय अमान्य : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ११:५२:११ बजे
  • 1.2K
    SHARES
  • एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध हो, निर्णय अमान्य : भीम रावल

    नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले आज बस्ने भनिएको एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको दाबी गरेका छन् ।

    images

    आज बस्ने भनिएको बैठक १० बुँदै सहमति र अन्तरपार्टी निर्देशनविपरीत रहेको रावलको आरोप छ ।

    आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ । सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, “आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।

    यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् ।” रावलले अन्तर पार्टी निर्देशन–१२ झापामा लागु हुने, सुदूरपश्चिममा किन लागु नहुने भन्दै प्रश्न पनि गरेका छन् ।

    आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology