Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेलाई लाग्यो धक्का : एकैपटक फेरिए तीन प्रदेश प्रमुख

एमालेलाई लाग्यो धक्का : एकैपटक फेरिए तीन प्रदेश प्रमुख

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • १६:००:०२ बजे
  • 1.7K
    SHARES
  • एमालेलाई लाग्यो धक्का : एकैपटक फेरिए तीन प्रदेश प्रमुख

    सरकारले तीन प्रदेशका प्रदेश प्रमुख फेरेर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख फेरेको हो ।

    images

    बैठकले निर्णय गरेअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ ।

    तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख बनाउन भनि निर्णय पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । सत्तारूढ दलहरूले भागबन्डाबमोजिम नै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय भएको छ ।

    प्रदेश १ मा प्रदेश प्रमुखका रुपमा नियुक्त हुन लागेका पूर्वसभासद खापुङ जनता समाजवादी पार्टीका नेतासमेत हन् । कर्णालीमा प्रदेशमा नियुक्त हुन लागेका प्रदेश प्रमुख परियार यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका छन् । उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।

    सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त हुन लागेका जोशी पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता हुन् । केन्द्र सरकार देखि प्रदेश सरकार बाट बाहिरीनु परेको एमालेलेलाई फेरि प्रदेश प्रमुख बाट धक्का लागेको छ ।

    एकैपटक ३ प्रदेश बाट प्रदेश प्रमुख हट्नु पर्ने भएको छ । हाल प्रदेश १ मा नेकपा एमालेनिकट सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा एमालेकै गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेनिकट गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology