Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जहाँ एउटै पुरुषको ३ वटी प्रेमिका हुन्छन्, यस्तो छ कारण…

जहाँ एउटै पुरुषको ३ वटी प्रेमिका हुन्छन्, यस्तो छ कारण…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • १६:०८:१७ बजे
  • 1.8K
    SHARES
  • जहाँ एउटै पुरुषको ३ वटी प्रेमिका हुन्छन्, यस्तो छ कारण…

    सामान्यतया एक पुरुषको एउटा मात्रै गर्लफ्रेन्ड हुन्छ र उक्त गर्लफ्रेन्डको खर्च पनि उसको प्रेमी (ब्वाइफ्रेण्ड) आफैले नै ब्यहोर्ने गर्छ ।

    images

    तर, यदि कुनै शहरमा एक पुरुषको तीन–तीन वटी गर्लफ्रेन्ड छन् भने तपाई त्यसलाई के भन्नुहुन्छ ? त्यसमाथि पनि ब्वाईफ्रेण्डको सम्पूर्ण खर्च गर्लफ्रेन्डले ब्यहोर्ने ! वास्तवमा नै चीनको डोङ्गुआन शहर सोही कारण निकै चर्चामा रहेको छ । ग्वाङ्डोङ प्रान्तको यस शहरमा बस्ने लगभग हरेक व्यक्ति (पुरुष)को एकभन्दा बढी प्रेमिका छन् ।

    अधिकांशको तीन जनासम्म प्रेमिका रहेको बताइएको छ । रिपोर्टका अनुसार यहाँ एउटा मात्र गर्लफ्रेन्ड भएका पुरुषहरूलाई लाज लाग्ने गर्छ । कम गर्लफ्रेन्ड भएको भन्दै अन्य मानिसहरुले पनि उनलाई जिस्काउने गर्छन् ।

    वास्तवमा यस शहरको लिंग अनुपात अन्य क्षेत्रहरूको भन्दा धेरै फरक रहेको उल्लेख गरिएको छ । पछिल्लो समय यस शहरमा प्रेमी–प्रेमिकाबीच प्रेम गर्ने कम र ‘पियर प्रेसर’ बढेको छ ।

    रिपोर्टका अनुसार चीनको डोङगुआन शहरमा एक जना पुरुष पनि अविवाहित बस्दैनन् । यहाँ पुरुषको एउटी होइन, तीन–तीन वटीसम्म गर्लफ्रेन्डहरु रहेका छन् ।

    इन्डिपेन्डेन्ट वेबसाइटको एक रिपोर्टका अनुसार यहाँ एउटी मात्रै प्रेमिका भएका पुरुषहरूलाई लाज लाग्छ । डेली मेलको २०१५ को रिपोर्ट अनुसार यस शहरमा प्रत्येक १०० महिलामा ८९ जना पुरुष रहेका छन् ।

    यो जनसङ्ख्याको असमानताका कारण पुरुषले सजिलै गर्लफ्रेन्ड पाउँछन्, तर महिलालाई भने ब्वायफ्रेन्ड बनाउन अभाव हुन्छ । यस शहरका मानिसहरू भन्छन्, ‘यो शहरमा काम पाउन गाह्रो छ, तर प्रेमिका पाउन धेरै सजिलो छ ।’

    रिपोर्टका अनुसार फ्याक्ट्रीमा काम गर्ने एक व्यक्ति ली विनले आफ्ना ३ जना गर्लफ्रेन्ड रहेका र तीनै जनालाई एक–अर्काको बारेमा थाहा भएको बताए । ली बाहेक अन्य व्यक्तिका पनि एकभन्दा बढी प्रेमिका छन् ।

    चीनको यो शहर निर्माण कम्पनीका लागि परिचित छ । यहाँ धेरै केटीहरू कारखानामा काम गर्ने गर्छन् ।

    (एजेन्सीको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # जहाँ एउटै पुरुषको
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology