Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रिपरिषद् बैठकका सात निर्णय :किर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्न अनुमति

मन्त्रिपरिषद् बैठकका सात निर्णय :किर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्न अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • १७:०९:४० बजे
  • 901
    SHARES
  • मन्त्रिपरिषद् बैठकका सात निर्णय :किर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्न अनुमति

    सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ ।

    images

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले धान बालीमा भएको क्षतिको अध्ययन गरि राहत उपलव्ध गराउने सम्बन्धमा गठित कार्यदलको कार्यबिधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

    बैठकले रुपन्देहीको मोतिपुर औधोगिक करिडोर घटनामा ज्यान गुमाएका मृतक परिवारलाई राहत दिने निर्णय पनि गरेको छ ।

    त्यस्तै कुश्मामा ४०० केभि सवस्टेशन र जुम्ला सवस्टेशनका लागि जग्गा प्राप्तीका लागि स्वीकृत दिने निर्णय पनि गरेको छ भने किर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि अनुमति दिने निर्णय पनि बैठकले गरेको प्रवक्त कार्कीले जानकारी दिए ।

    त्यस्तै बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम बिभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणिमा नियुक्त गर्न स्वीकृत दिने र जेनेभामा हुने स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिन स्वीकृती प्रदान गर्ने निर्णय भएको उनले बताए ।

    उनले सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिन सरकार प्रतिवद्ध रहेको र बालबालिकाका लागि पनि छिटै खोप उपलव्ध गराउने जानकारी दिए ।

    त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology