Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छठ पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

छठ पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • ०८:२४:१४ बजे
  • 811
    SHARES
  • छठ पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

    उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

    images

    छठका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ संसारकै मौलिक पर्वका रुपमा रहेको बताएका छन् ।

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष नेपाल विविध धर्म, संस्कार र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले विविधतायुक्त नेपाली संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढसमेत गर्दै आएको बताए ।

    उपराष्ट्रपति पुनले विश्वव्यापी कोरोना भाइरसको महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन सबैमा आग्रह गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology