Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चाडपर्वले नेपालीहरुको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबूत बनाउछ : अध्यक्ष ओली

चाडपर्वले नेपालीहरुको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबूत बनाउछ : अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • ०८:४०:३० बजे
  • 826
    SHARES
  • चाडपर्वले नेपालीहरुको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबूत बनाउछ : अध्यक्ष ओली

    नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    images

    बुधबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको शुभकामना व्यक्त गर्नुभएको हो ।

    नेपालमा छठ जस्ता चाडपवर्ले र संस्कृतिक विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाएको उल्लेख गर्नुभएको छ । नेकपा (एमाले)ले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्प लिएको उहाँले बताउनु भएको छ ।

    सोही संकल्प अनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गरेको अध्यक्ष ओलीले बताउनुभएको छ ।

    ‘हामीले सिंगो देशलाई नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौं ।

    समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेकपा (एमाले)को यस उद्देश्यलाई साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।

    यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु,’ शुभकामना सन्देशमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology