Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • १७:३३:२२ बजे
  • 1.5K
    SHARES
  • कोरोनाबाट  ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    images
     

    त्यस्तै धनुषा मिथिलाकी ८५ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र अछाम रामारोशनका १८ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

    त्यस्तै मोरङको विराटनगर ३ का ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

    प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ सय २५ जनासहित देशभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् भने ९५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology