Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ,शासन गर्ने भए चुनाव लडेर आउन ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ,शासन गर्ने भए चुनाव लडेर आउन ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • १४:०५:५३ बजे
  • 718
    SHARES
  • प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ,शासन गर्ने भए चुनाव लडेर आउन ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह गर्नुभएको छ ।

    images

    बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो ।

    प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे समेत देउवाले बताउनुभयाे ।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’

    संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

     

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रमा जनता नै मालिक भएको बताएका छन् ।

    ‘जनताभन्दा ठूलो शक्ति कोही छैन । जनता नै हो मालिक । प्रजातन्त्र भनेकै जनता हो । जनतन्त्र पनि भनिन्छ’ देउवाले गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा भने । देउवाले प्रजातन्त्रको अर्को पाटो हो निष्पक्ष चुनाव भएको बताए । ‘कसैले पनि धाधली र बदमासी गर्न नसकोस् निर्वाचन आयोग छ ।

    अत्यन्त स्वतन्त्र हुनुपर्छ । पदाधिकारी कुनै पार्टीले मनोनित गरेर हुँदैन । कसैको भनसुन चल्दैन’ उनले भने । देउवाले निर्वाचन आयोगले प्रधानमन्त्री, राष्ट्रपति र राजा कसैको कुरा नमान्ने उल्लेख गरे ।

    आयोग आफ्नो नीतिअनुसार हिँड्ने उनको भनाइ थियो । ‘वडा वडादेखि निष्पक्ष चुनाव हुन्छ । जो आउँछ सहर्ष स्वीकार गर्नु हाम्रो कर्तव्य हो । निर्वाचनबाट उत्तरदायी सरकार आउँछ ।

    जनताप्रति उत्तरदायी सरकार भएको हुनाले जनताको पक्षमा काम गर्छ । गरेन भने अर्को पार्टी आउँछ । त्यसकारण प्रजातन्त्रजस्तो अरु तन्त्र छैन । विशिष्ट छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो’ उनले भने ।

    प्रजातन्त्रलाई कति जिम्मेवार र उत्तरदायी बनाउने कुरा महत्वपूर्ण भएको उनको भनाइ थियो । ‘पार्टीको विकल्प पार्टी नै हुन्छ । यो सत्य स्वीकार गरौँ । जनता मालिक हो देशको ।

    जनतामा जाउ । विश्वास जित्न सबै पार्टी लाग्नुपर्छ । कहिले को सानो को ठूलो पार्टी होला । तर प्रजातन्त्र जनतन्त्र हो उनले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology