एजेन्सी । अन्ततःपाकिस्तान सरकारले हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिएको छ ।
चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।
यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण (सीडीए)ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो ।
सो निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो । राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले ० दशमलब ५ एकड भूमि छुट्टाएको थियो ।