Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • १७:१८:०३ बजे
  • 469
    SHARES
  • लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

    लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको हो ।

    images

    विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने,“यसपालीदेखि लिपुलेक, लिम्पयाधुरा र आसपासमा रहेका नेपाली भूमि र बस्तीहरुमा पनि जनगणना गरिने छ ।” राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि सुरु हुँदै छ ।

    यसअघि नै भइसक्नुपर्ने जनगणना कोरोना भाइरसका कारण ढिलोगरी सुरु हुन लागेको हो । यसअघि अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीसँगै विभिन्न संघ संगठनहरुले उक्त क्षेत्रमा जनगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए ।

    उक्त क्षेत्रमा झन्डै ६ दशकयता भारत सरकारले कब्जा जमाउँदै आएको थियो । तत्पश्चात उक्त क्षेत्रलाई समेत समेटेर २०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेको थियो ।

    त्यसपछि नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # लिपुलेक–कालापानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology