Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री राईले कात्तिक ३० मा विश्वासको मत लिने

मुख्यमन्त्री राईले कात्तिक ३० मा विश्वासको मत लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • १७:१९:३८ बजे
  • 1.7K
    SHARES
  • मुख्यमन्त्री राईले कात्तिक ३० मा विश्वासको मत लिने

    प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

    images

    प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताए ।

    प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए । तर, प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५० जना सदस्य छन् ।

    प्रमुख प्रतिपक्षी दल एमालेसँग सभामुखसहित ४१ जना र राप्रपासँग एक सांसद् छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ ।

    गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेसका २१, नेकपा (मओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १० र जनता समाजवादी पार्टी (जसपा)का ३ सांसद् छन् ।

    मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल कांग्रेसका दुई, माओवादी र जसपाबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology