Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गणकहरुलाई सही विवरण उपलब्ध गराइ सहयोग गरौँ : प्रधानमन्त्री देउवा

गणकहरुलाई सही विवरण उपलब्ध गराइ सहयोग गरौँ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ०८:२९:१४ बजे
  • 538
    SHARES
  • गणकहरुलाई सही विवरण उपलब्ध गराइ सहयोग गरौँ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ मा गणकहरुलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।

    images

    राष्ट्रिय जनगणनाका अवसरमा उनले एक सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तग गर्ने उल्लेख गरेका छन् ।

    देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणनाअन्तर्गत यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म प्रत्येक घरघरमा जनगणना गर्नका लागि गणक आउँदै छन् ।

    प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगि देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसंख्यिाक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण संकलन हुने उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्थाङ्क ऐन २०१५ बमोजिम गोप्य रहने भएकाले आ–आफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराइ दिनहुन सम्पूर्ण देशवासीलाई अनुरोध गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology