Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

यथार्थ विवरण टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपतिको आग्रह

यथार्थ विवरण टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपतिको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ०८:३०:४७ बजे
  • 1.6K
    SHARES
  • यथार्थ विवरण  टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपतिको आग्रह

    राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवराण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवम् सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

    images

    राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै उनले आज दिएको सन्देशमा राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।

    “ठुलो परिमाणमा स्रोत, साधन तथा जनशक्तिको प्रयोग हुने र तयारीका लागि समेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रुपमा सफल तुल्याउनुपर्दछ,” राष्ट्रपतिद्वारा सन्देशमा भनिएको छ ।

    आजदेखि सुरु भइ आगामी मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न केन्द्रीय तथ्थाङ्क विभागले मुलुकभरि गणक खटाएको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology