Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तरकारीको मूल्य चर्को : उपभाेक्ता र किसान मारमा

तरकारीको मूल्य चर्को : उपभाेक्ता र किसान मारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ०८:३७:१५ बजे
  • 1.7K
    SHARES
  • तरकारीको मूल्य चर्को : उपभाेक्ता र किसान मारमा

    प्रमुख चाडपर्व सम्पन्न भएका छन्। यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्।

    images

    कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन। चाडपर्वपछि जीवन फेरि व्यस्तता र वर्षभरिका कठिनाइ तिर फर्कन्छ।

    यस पटक चाडपर्व सकिएलगत्तै सर्वसाधारणले अचानक भान्छा महँगिएको चाल पाएका छन्। सामान्यतः चाडपर्वका बेला राजधानी उपत्यकाका सर्वसाधारण आफ्ना गृह जिल्ला जान्छन्।

    यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन। जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन।

    तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो। मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा अस्वाभाविक हो।

    खासगरी तरकारी उत्पादक किसान र उपभोक्ता सर्वसाधारणले प्रत्यक्ष फाइदा उठाउन नपाउने स्थिति हामीकहाँ छ। विचौलियाहरूको र जगजका कारण उत्पादक र उपभोक्ताले फाइदा लिन नसकेका हुन्।

    त्यसै कारण मूल्य बढे पनि किसानले फाइदा उठाउन सक्दैनन्। मूल्य घटे पनि उपभोक्तासम्म त्यो लाभ आइपुग्दैन। बजारलाई प्रभाव पारेका कारण यस्तो अवस्था आएको हो।

    बजारको लगाम यथार्थमा उपभोक्ताका हातमा हुनुपर्छ। याे खबर नागरिक दैनिकमा छ।

  • सम्बन्धित विषय:

  • # तरकारीको मूल्य चर्को
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology