Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा १४ हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा १४ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७७ मंगलवार • १३:४२:५८ बजे
  • 1.5K
    SHARES
  • कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा १४ हजार नाघ्यो

    मयरपाटी-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३१२ जनाको मृत्यु भएको छ ।

    images

    भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ४० हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९९३ नयाँ संक्रमित थपिएका हुन् ।
    भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७९४ जनाको मृत्यु भइसकेको छ ।

    उत्तर प्रदेशमा १८ हजारभन्दा बढी संक्रमित भेटिँदा ५६९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि १४ हजारभन्दा संक्रमित भेटिएका छन् भने ५६९ जनाको मृत्यु भएको छ । बिहारमा करिब ८ हजार संक्रमित फेला परेका छन् । यहाँ मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology