Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनगणना सफल बनाउन एमाले ओलीको आग्रह

जनगणना सफल बनाउन एमाले ओलीको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ०८:४४:२८ बजे
  • 565
    SHARES
  • जनगणना सफल बनाउन एमाले ओलीको आग्रह

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुरु हुने १२औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।

    images

    पूर्वप्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन तथ्थाङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भइ सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका हुन् ।

    यसपटकको जनगणनामा सामुदायिक प्रश्नावलीमार्फत् पनि हाम्र वडाहरुमा भएका सामुदायिक भवन र अन्य भौतिक पूर्वाधार र सरकारी सेवामा पहुँचको अवस्थाको पनि जानकारी लिइने भएकाले स्थानीय सरकारलाई पनि आफूले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

    “यस पटकको जनगणनाले हाम्रा स्थानी तहहरुलाई आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि अहिलेको पूर्वाधारलाई कसरी विस्ता गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि दिने छ,” ओलीको सन्देशमा भनिएको छ ।

    उनले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिनएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology