Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सामाजिक सञ्जालमा भाइरल पोखरा याम्दीदेखि घट्टेखोलासम्मको यो सडक

सामाजिक सञ्जालमा भाइरल पोखरा याम्दीदेखि घट्टेखोलासम्मको यो सडक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • १०:२६:३५ बजे
  • 1.6K
    SHARES
  • सामाजिक सञ्जालमा भाइरल पोखरा याम्दीदेखि घट्टेखोलासम्मको यो सडक

    हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको छ । यो सडक कहाँको हो भन्ने मात्र होइन, कसको पालामा बनेको भनेर राजनीतिकरण गर्ने प्रयास पनि भइरहेको छ ।

    images

    यो सडक निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हो । मध्यपहाडी लोकमार्गको कास्की खण्डमा पर्ने याम्दीदेखि फेदी घट्टेखोलासम्म ६ लेनमा बनेको १२ किलोमिटर सडक रङरोगनसँगै आकर्षक देखिएको छ ।

    यो सडकलाई कसैले बाबुराम भट्टराई त कसैले पुष्पकमल दाहाल प्रचण्ड र कसैले केपी शर्मा ओलीको पालामा बनेको भनेर दाबी गरेका छन् । राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको हो ।

    पहाडी जिल्लाहरुलाई जोड्दै नयाँ शहरको विकास गर्ने परिकल्पनासहित पूर्वपश्चिम महेन्द्र राजमार्गको वैकल्पिक सडकको रुपमा मध्यपहाडी लोकमार्गको योजना अगाडि बढाइएको थियो । पाँचथरको चियोभञ्ज्याङ भन्ने ठाउँबाटदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो हुने भनिएको छ ।

    पुरानै योजनाअनुसार सडक विभागले नियमित काम गरिरहेको लमजुङदेखि बागलुङसम्मको खण्ड हेर्ने डिभिजन इन्जिनियर नारायणदत्त भण्डारी जानकारी दिए । उनका अनुसार याम्दी–फेदी खण्डको १२ किलोमिटर सडक ६ लेनको भएपनि अन्य ठाउँमा डबल लेनको हुने भण्डारीले जानकारी दिए ।

    मध्यपहाडी लोकमार्गको लमजुङ–बागलुङ खण्ड २४० किलोमिटर छ । त्यसको ८० प्रतिशत काम सकिएको छ । ‘कास्की खण्डको ३० किलोमिटर सडक विवादका कारण ठेक्कामै गएको छैन । लमजुङ–बागलुङसम्म अझै ६० किलोमिटर पिच हुन बाँकी नै छ,’ भण्डारीले भने, ‘याम्दी–फेदी सडक भने निर्माण नसकिँदै भाइरल बन्यो ।

    यो निकै आकर्षक पनि देखिएको छ ।’ सडकको अझै रङरोगनको काम बाँकी नै छ । फुटपाथ मिलाउने, रेलिङको काम अझै बाँकी नै छ । लमजुङदेखि बागलुङसम्मको सडक खण्डको निर्माण शुरुआत २०७३ सालमा भए पनि याम्दी–फेदी सडकको निर्माण सम्झौता २०७४ मा भएको डिभिजन इन्जिनियर भण्डारीले जानकारी दिए ।

    याम्दीदेखि ६ किलोमिटर शर्मा एण्ड कम्पनी र बाँकी ६ किलोमिटर स्वच्छन्द–इलाइट जोइन्ट भेन्चरले ठेक्का पाएको थियो । साढे ८७ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनिले २०७७ चैत भित्रै सक्नुपर्ने भए पनि कोभिड र विद्युतका पोलहरु सार्नुपर्ने भएका कारण अबको चैतसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

    कास्की खण्डको रुपा भगवतीटारदेखि याम्दीसम्म अझै रुट विवाद भएका कारण ठेक्का लाग्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology