Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय

अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ११:२८:३८ बजे
  • 856
    SHARES
  • अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय

    एजेन्सी । यमनमा एक अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

    images

    विद्रोहीहरूले उनलाई अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। २० वर्षीया इन्तिसार–अल–हम्मादीले फेब्रुअरीमा हिरासतमा लिएपछि आफूलाई मौखिक र शारीरिक दुव्र्यवहार गरेको र आँखामा पट्टी बाँधेर हस्ताक्षर गर्न बाध्य पारिएको आरोप लगाएकी छन्। उनीसंगै थप तीन जना महिला पक्राउ परेका छन् ।

    उनीहरुलाई पनि जेल सजाय दिइएको छ । मानवअधिकार संगठन ह्युमन राइट्स वाचले यस विषयमा धेरै अनियमितता भएको बताएको छ ।

    यमनको उत्तरपश्चिमी भागमा हुथी विद्रोहीको नियन्त्रणमा छ । उनले सन् २०१५ देखि सरकार समर्थक सेनाविरुद्ध लडाइँ लडेका छन् । एक हुथी समाचार एजेन्सीले हम्मादीलाई यमनको राजधानी सानामा उनीमाथि लगाइएको आरोपमा दोषी ठहर गरिएको लेखेको छ।

    यसमा अभद्र व्यवहार र लागूऔषध ओसारपसारको आरोप समावेश छ। एजेन्सीका अनुसार उनी र अर्की एक महिलालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।

    अन्य दुईमध्ये एकलाई तीन र अर्की महिलालाई एक वर्ष कैद सजाय सुनाइएको छ । चार महिलाका वकिल खालिद अल–कमालले एपी समाचार एजेन्सीलाई भने कि उनीहरू फैसलाविरुद्ध अपील गर्नेछन्।

    ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता अफ्रा नासिरले यो सजाय अनुचित र राजनीतिक रूपमा प्रेरित भएको ट्वीट गरेका छन्। यमनका सूचना मन्त्री मोअमनार अलइरानीले यो घटना हुथी विद्रोहीद्वारा महिलाविरुद्ध हुने हजारौं अपराधको उदाहरण भएको लेखेका छन्।

  • सम्बन्धित विषय:

  • # अभिनेत्री तथा मोडल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology