Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा होमनाथ पाण्डे

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा होमनाथ पाण्डे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ११:३३:२० बजे
  • 1.3K
    SHARES
  • एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा होमनाथ पाण्डे

    एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

    images

    परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन हुनुभएको छ । यसैगरी सचिबमा गोबिन्द शर्मा, अर्थ सचिबमा त्रिबिक्रम सुबेदी, सहसचिबमा मदन सुबेदी र चुडामणी सापकोटा चयन हुनुभएको छ ।

    परिषद्लाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेलले शिक्षकहरुको माग अनुसार शिक्षक अस्पताल स्थापनाका लागि सरकारले जग्गा खोज्न शुरु गरिसकेको बताउनुभयो ।

    पौडेलले शिक्षकहरुबीचको बिभेद, बेथिति, बिकृति हटाउन र शैक्षिक सुधारका लागि संगठित हुन शिक्षकहरुलाई आव्हान गर्नुभयो ।

    गण्डकी प्रदेश सांसद तथा माओवादीका प्रदेश सदस्य बिनोद केसीले शिक्षकहरुबीच रहेको बिभेद हटाउन र समस्या समाधानका लागि संघीय शिक्षा ऐन ल्याएर नीतिगत सुधारको प्रयास भएको बताउनुभयो ।

    माओवादी केन्द्रका प्रदेश सदस्य टेकबहादुर बिक र जिल्ला संयोजक रेशम जुग्जालीले राजनीतिक आस्थाको आधारमा शिक्षकलाई दुख दिने र तर्साउने कामको माओवादीले कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

    “मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा शिक्षा अधिकृत हुदाहुदै स्रोत ब्यक्ति पद सिर्जना गरेर आफू अनुकुलका ब्यक्तिलाई जागिर खुवाउने र उनिहरु मार्फत शिक्षकहरुलाई त्रसित बनाउने काम भएको छ,” माओवादीका जिल्ला संयोजक जुग्जालीले भन्नुभयो “राज्य स्रोतको दोहन गरेर राजनीतिक आस्थाका आधारमा शिक्षकहरुलाई आतंकित बनाउने कामको माओवादीले कडा प्रतिवाद र भण्डाफोर गर्छ । फरक बिचारकै नागरिकलाई सेवामा बिभेद गरेको हामीलाई सह्य हुदैन् ।”

    एकिकृत अखिल नेपाल शिक्षक संगठनका गण्डकी प्रदेश संयोजक तथा केन्द्रिय सचिब सोमनाथ ढुङ्गानाले संगठनमा आवद्ध शिक्षकहरुले नेतृत्व गरेर बिद्यालयलाई शैक्षिक, भौतिक हिसाबले नमुना बनाउनुपर्ने बताउदै संस्थागत रुपमा शिक्षकका मागको सम्बोधन गराउन वर्तमान सरकार र शिक्षा मन्त्रीसँग समन्वय गरिएको बताउनुभयो ।

    अघिल्लो सरकारले बाल शिक्षा सहयोगी कार्यकर्ता र बिद्यालय कर्मचारीहरुको तलब बढाएको भनेर भ्रम फिजाएपनि पालिकाहरुमा घोषणा अनुसार तलब नपठाएको र बढाएको तलब पालिकाहरुले सोधभर्ना गरेका बिषयमा स्पष्ट हुन शिक्षकहरुलाई ढुङ्गानाले बताउनुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology