Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • १४:०९:४८ बजे
  • 1.7K
    SHARES
  • मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

    पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

    images

    नेकपामा महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरेर नेपाद बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनका कार्यक्रमअनुसार ३० कात्तिकमा नेपाल बन्द गरिने छ ।

    यस्तै २५ कात्तिक अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘मूल्य वृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुने छ ।

    यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन ।

    तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो ।

    जसअनुसार ४७ रुपैयाँमा आयात गरिने पेट्रोलियम १३३ रुपैयाँमा बिक्री गरिने छ । विज्ञहरूले मापन गरेअनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल ७० रुपैयाँमा बिक्री गर्न सकिन्छ ।

    दैनिक रूपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ’, विप्लवले प्रश्न गर्दै भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology