Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ :प्रचण्ड

माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • १६:५१:१३ बजे
  • 916
    SHARES
  • माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

    images

    डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए ।

    उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओबादीले मात्रै बुझेको बताए । शान्त्ति प्रक्रियामा आएलगत्तै माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दावी गरे । उनले अहिलेको गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताए ।

    अर्थ मन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्वयस्था गने बताए । डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चीनको तिब्बतको क्याटो नाका हुँदै बाँकेको जमुनाहासम्म सडक निर्माण गरी धो मा सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

    अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन् ।

    दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडौं फर्किएको छ । छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    उनीहरू नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology